काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन कुमार घिमिरेको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाई विशेष समितिको बिहिबारको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संवैधानिक परिषदको भदौ २० गते बसेको बैठकले उनको नाम आयोगको प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोही अनुसार उनीबारे आज संसदीय सुनुवाई भएको थियो । सुनुवाई पछि समितिले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

संसदीय सुनुवाई समितिबाट उनको नाम अनुमोदन भएसँगै अब उनी राष्ट्रपतिबाट अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।

अख्तियार प्रमुख दीप बस्नेतको बहिर्गमनपछि उनी कामुको हैसियतमा थिए ।

घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।

शम्भु दंगाल