दमक/ दमक नगरपालिकाले दमक क्षेत्रमा सवारी साधनहरुको पार्किङदेखि अन्य यातायात सम्बन्धमा देखिएका विविध समस्याको समाधानका लागि प्रयास शुरु गरेको छ । सरोकारवालाहरु स.ग छलफल र समन्वय गरी व्यवस्थित बनाउने प्रयास शुरु गरेको हो ।

नगरपालिकाको हालै बसेको बैठकले दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई सो सम्बन्धि समस्या समाधानका लागि आवश्यक सरोकारवाला पक्षहरुसंग छलफल गरि समाधान खोज्ने जिम्मेवारी दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरपालिकाले दमकमा जथाभावी पार्किङ, जुनसुकै स्थानमा सवारी रोक्ने, यात्रु चढाउने र ओराल्ने समस्याका कारण यहाँको ट्राफिक व्यवस्थापनमा समस्या भई सर्वसाधारणले सास्ती ब्यहोर्नु परेको भन्दै समाधानका लागि जिल्ला प्रशासन, ट्राफिक, यातायाता कार्यालय, इलाका प्रहरी, कार्यालय लगायतका निकाय तथा विभिन्न सरोकारवाला संघ संस्थासंग आवश्यक सहयोग तथा समन्वयका लागि सापकोटालाई जिम्मेवारी दिएको नगरपालिकाले जनाएको छ । सो जिम्मेवारी पाएपछि वडाध्यक्ष सापकोटाले यहाँको समस्याका बिषयमा सरोकारवाला निकायसंग चरणबद्ध छलफल गरि निकास निकाल्ने र दमकलाई यातायातका दृष्टिकोणबाट व्यवस्थित नगरका रुपमा चिनाउने प्रतिबद्धता जनाए ।