काठमाडौं, ४ असोज– प्रतिनिधिसभाका दश विषयगत समितिमा सभापति निर्विरोध चयन भएका छन् । दशै समितिका सभापतिमा एक एक जनाको मात्र मनोनयन परेपछि सबै समितिका सभापति निर्विरोध भएका हुन् । नियमावली अनुसार एक जनामात्र मनोनयन परेमा निर्विरोध हुन्छ । मनोनयनमा परेकाहरु निर्वाचित भएको औपचारिक घोषणा भने शुक्रवारमात्र हुनेछ ।
दश विषयगत समितिमध्ये सत्तारुढ दलले एक समिति सत्ता साझेदार संघीय समाजवादी फोरमलाई दिएका छन् । यस्तै, प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लेखा समितिको नेतृत्व गर्ने भएको छ । अन्य आठ समितिमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सांसद मनोनयनमा परेका छन् ।
यी हुन् निर्वाचित
अर्थ समिति –कृष्णप्रसाद दाहाल
अन्तर्राष्ट्रिय सम्बन्ध समिति –पवित्रा निरौला खरेल
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित –विमल श्रीवास्तव
कानुन न्याय तथा मानव अधिकार –कृष्णभक्त पोखरेल
कृषि सहकारी तथा प्राकृतिक स्रोत –पूर्णकुमारी सुवेदी
राज्य व्यवस्था तथा सुशासन –शशी श्रेष्ठ
विकास तथा प्रविधि –कल्याणी खड्का
महिला तथा सामाजिक –निरुदेवी पाल
शिक्षा तथा स्वास्थ्य – जयपुरी घर्ती
सार्वजनिक लेखा समिति -भरतकुमार साह










