बर्दियामा बालिकालाई बलात्कार गर्ने बालकलाई प्रहरीले पक्राउ गरेको छ। बलात्कार गर्ने बालक १० बर्षका छन् भने बलात्कृत हुने बालिका ७ बर्षकी।
कृष्णपुर नगरपालिका-१ का करण सार्कीकी ७ बर्षीया छोरीलाई १० बर्षीय अमरसिँह रानाले बलात्कार गरेका हुन्। अमरसिँह राना सोही गाउँका हरि चन्द रानाका छोरा हुन्।
जिल्ला सदरमुकामबाट १० किमी टाढा रहेको कृष्णपुरको बन्द भन्ने स्थानमा सो घटना भएको जानकारी हुनासाथ प्रहरी खटिएको थियो।











