काठमाडौं — युक्रेनमा एक महिला पत्रकारलाई रिपोर्टिङकै क्रममा अण्डा प्रहार गरिएको छ । रुसी समर्थित विद्रोहीहरूविरुद्ध लड्ने जवानलाई अपराधी बनाउने फैसलाको रिपार्टिङ गर्ने क्रममा उनीमाथि अण्डा बर्सिएको हो ।

प्रदर्शनकारीहरूले महिला टीभी रिपोर्टरमाथि अण्डा फ्याँके अनि एक महिलाले त उनलाई कुटपिट पनि गरिन् । यो घटना भिडियो क्यामरामा कैद भयो र भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बीस वर्षीया डरिना बिलेरा न्युज वान टीभीमा पत्रकार हुन् । उनले मस्कोद्वारा इस्लामिक आतंकवादी घोषणा गरिएका तिमुर तुमगोईका विषयमा रिपोर्टिङ गरिरहेकी थिइन् । त्यही ठाउँमा सयौं युक्रेनीहरू यस घोषणाको विरोध गरिरहेका थिए । महिला पत्रकारले रिपोर्टिङ शुरू गर्नेबित्तिकै भीड भड्कियो र उनीमाथि रुसपरस्त भएको आरोप लगाउँदै दुर्व्यवहार गर्न थाल्यो ।

क्यामरा लाइभ चल्दा नै महिला पत्रकारमाथि अण्डा फ्याँकियो । उनलाई गाली पनि दिइयो । तर उनले रिपोर्टिङ रोकिनन् ।

उनले लाइभमै आफूमाथि आक्रमण गरिएको बताइन् । अनि एक महिला अचानक आएर उनको अनुहारमा कसेर मुक्का हानिन् ।

प्रहरी चाहिँ तमाशा हेरिबस्यो ।

https://youtu.be/LwlIhsKCI_k