संसदको शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा जयपुरी घर्ती निर्विरोध निर्वाचित भएकी छिन् । नेकपाकी सांसद घर्ती विहिबार भएको संसदीय समितिको सभापतिका लागि उम्मेदवारी दर्ताको क्रममा एक्ली उम्मेदवार भएपछि उनी निर्विरोध भएकी हुन् ।

उनी निर्विरोध भउपनि औपचारिक घोषणा भने शुक्रबार मात्रै हुने भएको छ । घर्तीको उम्मेद्धारीमा प्रस्तावक योगेश भट्टराई र समर्थकमा अर्की सांसद अन्जना विशंखे रहेकी थिइन ।