ताप्लेजुङ । यातायात मजदुरले ४ दिनदेखि गरेको सवारी हड्ताल ताप्लेजुङका लागि भने खुला हुने भएको छ। जिल्ला प्रशासन कार्यालयमा बिहीबार यातायात व्यवसायी, मजदुर र प्रमुख जिल्लाअधिकारी बीच भएको सर्वपक्षिय छलफलमा हड्ताल नगर्ने सहमति भएको हो । छलफलमा सहभागी व्यवसायी र मजदुर ताप्लेजुङमा जारी बन्द खुलाउन सहमत भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए। सवारी चलाएका बेला दुर्घटना भइ कसैको मृत्यु भए चालकले पाउने सजाय सामान्य परिवर्तन मात्रै गरिएको छ । पहिला भन्दा ठूलो फरक छैन भन्ने बुझेपछि व्यवसायी र चालक सवारी साधन चलाउन सहमत भएका छन् । सर्वपक्षिय छलफलले यातायात व्यवसायी, सवारी चालक तथा सहचालकले कानुन संसोधन हुनुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख भएका विषयहरुलाई सम्वन्धित निकायमा लेखि पठाएको, ताप्लेजुङमा हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सवै पक्षले वस्तुनिष्ट र व्यवहारीक हुन प्रयास गर्ने, सवारी पार्कीङका विषयमा नगरपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्ने र चालकहरुले गत असोज २ गतेवाट सुरु गरेको वन्दलाई आजवाट नै तोडी सवारी साधन सञ्चालन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए। छलफलमा सहभागी यातायात व्यवसायी क्षितिज सुनुवारले चालकलाई पहिलाको भन्दा धेरै फरक पार्ने गरी कानुन संशोधन नभएको भन्ने बुझेपछि तथा ताप्लेजुङको हकमा स्थानिय समस्यालाई समाधान गर्ने सम्वन्धित निकायले सहमति जनाएपछि हड्ताल खुला गर्न व्यवसायी सहमत भएको बताए । सुनुवारका अनुसार नजिकिँदै गरेको चाडपर्व र पूर्व कै प्रसिद्ध तिर्थ स्थल पाथिभरा मन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरुको चाँप वढ्ने सिजन सुरु भएकाले हट्ताल खुला गरेको हो ।
४ दिनदेखि जारी हड्ताल फिर्ता
सवाल नेपालसंवाददाताशुक्रबार, ४ असोज २०७५

४ दिनदेखि जारी हड्ताल फिर्ता
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



