काठमाडौं, असोज ५
नेपाल कम्युनिष्ट पार्टीले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ । लामो समयदेखी अड्किएको एकताको गाठो फुकाउदै सातै प्रदेशका इन्चार्जहरु तोकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सचिवालय बैठकले जिम्मेवारी बाँडफाँड गरेको हो ।
जस अनुसार प्रदेश १ इन्चार्ज भीम आचार्य, सहइन्चार्ज साबित्री कुमार काफ्ले, अध्यक्ष देवराज घिमिरे र सचिब सुरेश बहादुर राईलाई तोकिएको छ । यसैगरी प्रदेश २ इन्चार्जमा सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभू साह र सचिब सुमन प्याकुरेल एंवम प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज नारायण दाहाल, अध्यक्ष हितमान शाक्य, सचिब आनन्द पोख्रेल तोकिएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश इन्चार्ज पि।एस।गुरुंग, सहइन्चार्ज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र सचिब गोविन्द नेपाली, प्रदेश ५ इन्चार्ज शंकर पोख्रेल, सहइन्चार्ज दलबहादुर राना, अध्यक्ष ओनसरी घर्ती र सचिब जग प्रसाद शर्मा, कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यमलाल कंडेल, अध्यक्ष गोरख बहादुर बोगटी रसचिब मयाप्रसाद शर्मालाई जिम्मेवारी दिएको छ । यस्तै गरी प्रदेश ७ इन्चार्ज भीम रावल, सहइन्चार्ज लक्ष्मणदत्त जोशी, अध्यक्ष कर्ण थापा र सचिब नेप चौधरी लाई जिम्मेवारी दिएको पौडेलले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिन भ्रमणका विषयमा जानकारी समेत गराउनु भएको थियो ।
प्रदेश १ इन्चार्ज भीम आचार्य, अध्यक्ष देवराज घिमिरे, सहइन्चार्ज साबित्री कुमार काफ्ले, सचिब सुरेश बहादुर राई
प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डल अध्यक्ष प्रभू साह सह–इन्चार्ज विश्वनाथ साह सचिव सुमन प्याकुरेल
प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्य अध्यक्ष हितमान शाक्य सह–इन्चार्ज नारायण दाहाल सचिव आनन्द पोख्रेल
गण्डकी प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङ अध्यक्ष हितराज पाण्डे सह–इन्चार्ज खगराज अधिकारी सचिब गोविन्द नेपाली
प्रदेश ५ इन्चार्ज शंकर पोख्रेल अध्यक्ष ओनसरी घर्ती सहइन्चार्ज दलबहादुर राना सचिब जग प्रसाद शर्मा
कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा अध्यक्ष गोरख बहादुर बोगटी सह–इन्चार्ज यमलाल कंडेल सचिब मयाप्रसाद शर्मा
प्रदेश ७ इन्चार्ज भीम रावल अध्यक्ष कर्ण थापा सहइन्चार्ज लक्ष्मणदत्त जोशी सचिब नेप चौधरी










