बिष्णुप्रसाद पोखरेल/केदार पौड्याल
श्रीमान् बेपत्ता छन् । उनि आफु पनि रोगी भएर आज हो की भोली मृत्यु पर्खेर बसेकीछन् । कक्षा १ मा पढ्दै गरेकी एउटा छोरीछन् । त्यसको चिन्ताले उनलाइ निक्कै सताएको छ ।
दमक १ अर्काको घरमा बसोबास गर्दै आएकी ३८ बर्षिया सुबित्रामाया योङहाङको पीडा हो यो । श्रीमान मलेशिया गएको ९ बर्ष पुगेको छ । फेसबुकमा ठ्याकठुक परेपछि ब्लक गरेर उनि बेपत्ता भएको र अहिलेसम्म सम्पर्कमा नआएको योङहाङले बताइन् ।
छोरी श्रीमान हिडेको १ महिनापछि जन्मिएकीहुन् । उनले आफ्नो बाबु देख्न पाएकीछैनन् । आफु आज हो की भोली जस्तै भएकाले छोरी कसैलाइ जिम्मा लगाउन पाए हुन्थ्यो भन्ने सम्म पुगेकीछन् उनि ।
बिरामले थलिएकी उनको कलेजोको ७० प्रतिशत भाग बिग्रेको चिकित्सकहरुले बताएको जनाईएको छ । राम्रो उपचार भए केहि बर्ष बाँच्न सक्ने भनेपनि आर्थिक अभावले उपचारमा समस्या भएको उनले बताइन् ।
उनलाइ सहयोग जुटाउनका लागि दमकका सामाजिक युवा जीबनचक्र समाज नेपालका अध्यक्ष गणेश गौतम, सामाजिक अगुवा तिर्थराज बस्नेत लगायतले पहल पनि गरेको पाईएको छ । छोरीको पढाइमा सहयोग जुटन थालेको गौतमले बताएकाछन् ।
दमक फार्मेसीका सञ्चालक धु्रव सुबेदीले उपचारमा सहयोग गर्ने
सवाल नेपाल अनलाइनको टोली त्यहाँ गएपछि दमक फार्मेसीका सञ्चालक ध्रुव सुबेदीले आफुले उपचारका लागि सहयोग गर्ने बताए । उनले कलेजो रोग सम्बन्धिका बिषेसज्ञ बीर अस्पतालका डा.बिकास जैसीसंग सम्पर्क समेत गरे ।
उनले त्यहिबाट भाइबरमा रिर्पोट पठाएर सल्लाह मागेका थिए । असोज अन्तिम साता दमक फार्मेसीमा नै डा.जैसी आउने र आवश्यक परीक्षण सबै निशुल्क गरिदिने उनले बताए ।
अप्रेसन गर्नु परेको अवस्थामा बीर अस्पतालमा सहज रुपमा अत्यन्त न्यून शुल्कमा गर्नका लागि डा. जैसीले समेत सहयोग गर्ने बताएको सुबेदीले जनाए । दमकमा डाक्टरलाइ देखाउन र आवश्यक सबै परीक्षण निशुल्क गरिदिने बताएकाहुन् ।










