धनगढी – ‘वि वान्ट जस्टिस, निर्मलालाई न्याय दे, नालायक सरकार मुर्दावाद’ लगायत नारासहित स्कूले विद्यार्थीले शुक्रवार ७ नम्बर प्रदेश राजधानी धनगढीमा प्रदर्शन गरेका छन् ।

नगर बाल सञ्जाल समितिको अगुवाइमा धनगढी उपमहानगरपालिकास्थित करीब डेढ दर्जन विद्यालयमा अध्ययनरत सयौं विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धनगढी चौराहादेखि शुरू भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो । विद्यार्थीले प्रदेशको मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालय, प्रदेशसभा, सामाजिक विकास मन्त्रालयलगायत सरकारी अड्डा अगाडि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिनुपर्नेसहित सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

निर्मला पन्तका बलात्कारी–हत्यारालाई कारवाही नगरिएको भन्दै देशभर आक्रोश बढिरहेको छ । लोकान्तर बाट