काठमाडौं । माननीय उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मातृका प्रसाद यादवको निर्देशनमा चालकहरुको हडतालले अबरुद्द बनेको पेट्रोलियम पदार्थ ढुवानीलाई सहज बनाउन नेपाल एअरलाइन्सको प्लेन चार्टर गरेर सरकारी संयन्त्रका चालकहरुलाई बिभिन्न डिपोहरुमा पठाउने तयारी भैरहेको छ ।

सुरक्षा निकायका ६० चालकहरुलार्इ देशका विभिन्न डिपोहरूमा पठाइने भएको छ । अरु थप चालकहरुलार्इ पनि बिभिन्न डिपोमा पठाउने तयारी भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ट्याकंर चालकहरु आन्दोलित भएपछि पेट्रोलियम पदार्थको ढुवानी आपूर्ति असहज भएको छ । राजधानी लगायतका देशका बिभिन्न पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन देखिन थालेको छ । इन्धनको हाहाकार मच्चिने त्रासमा धेरैले स्टक गर्न खोजेपछि निगमले वितरण प्रणालीमा नियन्त्रण गरेको छ ।

निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन भनिएको छ । यस्तै अन्य हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल,डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ ।

पेट्रोलियम पदार्थको ढुवानीको मुख्य नाका रक्सौल डिपोबाट २ असोजदेखि एक थोपा इन्धन भित्रिएको छैन । रक्सौल डिपोबाट इन्धन आयात रोकिने बित्तिकै काठमाडौंमा सबभन्दा बढी प्रभाव देखिने गरेको छ ।