महिला हिंसाका विरुद्ध आवाज उठाउँदै आएकी सावित्री सुवेदीले मधेश नेपालको भूमि होईन भनेर विखण्डनकारी अभियान चलाइरहेका सिके राउतलाई ठाडो प्रहार गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर सिके राउतको टाउको काटेर फुटवल खेल्नु पर्ने बताएकी छन् ।
लामो समयदेखि राष्ट्रिय एकता, महिला हिंसा अत्य, बलात्कारीलाई फासी, भ्रष्टचारको अन्त्यजस्ता मुद्धा लिएर आन्दोलित भएकी सुवेदीले विखण्डनकारी अभियान सञ्चालन गर्ने र राष्ट्रघाती अभिव्यक्ति दिने जोकोहीलाई राज्यले ताकेर कारबाही गर्नुपर्ने बताएकी छन् ।
उनले लेखेकी छन्,‘सिके राउतको टाउको काटेर अब फुटबल खेलिनु पर्छ। युरो, अमेरिकन डिजाइनमा तराइलाई छुट्टाएर दीर्घकालिन चीनविरुद्ध राजनैतिक प्ले ब्याक गर्ने रणनीति भइरहेको उनको दाबी छ । नेपाल टुक्राउन करोडौँ डलर सिके राउतलाई प्रायोजन गर्ने भारत र युरो अमेरिकनबाट अब नेपाल असुरक्षित छ। नेपाललाई बोसनिया जस्तै बनाउने खेल विरुद्ध अब सिकेलाई राज्यले समाप्त गर्ने हुती राख्नुपर्छ।











