काठमाडौं, ५ असोज । मुलुकमा पछिल्लो समय शान्ति सुरक्षाको अवस्था कमजोर बन्दै गएको भन्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको हो ।

पछिल्लो समय देशमा बलात्कार, हत्या, अपहरण जस्ता जघन्य अपराधका घटना बढ्दै गएकोले सुरक्षा चुनौती थपिएको भन्दै प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देशमा बढ्दै गएको सुरक्षा चुनौतीलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बारे बैठकमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री ओली, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, मुख्य सचिव लोकदर्शन रेग्मी र प्रधान सेनापति पूर्णचन्द्र थापा सहभागी छन्।