दमक/नेपाल मानव अधिकार प्रतिष्ठान झापाले देशभर भइरहेका घटनाहरुको बिषयमा आफुहरुको गम्भिर ध्यानकर्षण भएको जनाउदै यस्तो कृयाकलाप रोक्न माग गरेको छ ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष डाक्टर नविन चापागाईं र बरिष्ठ उपाध्यक्ष धनञ्जय बाँस्कोटाले बिज्ञप्ति जारी गरेर नै यस प्रकारका अपराधिक घटना नियण्त्रणका लागि माग गरेको हो ।
बलात्कार, हत्या हिँसा, बन्द लगायतका घटनाले नागरिक अधिकारको हनन् भएको जनाउदै यसमा गम्भिर बन्न सरोकारवाला निकायको ध्यानकर्षण गराएको पाईएको हो ।











