मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ। नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक एआईजीमा बढुवाको सिफारिसलाई अनुमोदन गरेको छ।

सरकारले माथिल्लो अरुण आयोजना आफ्नै स्वामित्वमा रहने गरी विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत् बनाउने निर्णय भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२०६९ फागुन ४ को निर्णय संशोधन गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरको हो।

मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवाको सिफारिसलाई अनुमोदन गरेको छ।

बढुवा सिफारिस समितिको सिफारिस अनुसार पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजीमा बढुवासँगै उनीहरूको जिम्मेवारी पनि तोकिएको छ।

कार्कीले प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभाग सम्हाल्ने छन् भने राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा जिम्मेवारी दिइएको छ।

बिहीबार सुनसरीमा हत्या भएका नेकपा कार्यकर्ता खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ।

अनुसन्धान प्रतिष्ठान नामको थिंक ट्यांक समूह बनाउने निर्णय गरेको छ जसको संयोजक प्रा‍. डा. चैतन्य मिश्रलाई बनाइएको छ।

प्रतिष्ठानका सदस्यहरूमा डा. मिना आचार्य, प्रा. डा. राजेन्द्रध्वज जोशी, प्रा. डा. सुरेन्द्र लाभ र डा. गणेशमान गुरुङ रहने जानकारी दिइएको छ।