नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो संविधानसभाको निर्वाचनपछि आफू सहाना प्रधानलाई राष्ट्रपति बनाउने पक्षमा भएको खुलासा गरेका छन्।

NIC ASIA शनिबार सहाना प्रधानको चौंथो स्मृतिसभामा बोल्दै अध्यक्ष प्रचण्डले साहना राष्ट्रपतिलाई राष्ट्रपति बनाउन आफूले त्यतिबेला एमालेका नेताहरुसँग सकरात्मक सहकार्य गर्ने प्रयास गरे पनि त्यतिबेलाका घटनाक्रमले त्यो सफल हुन नसकेको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘कमेरड सहाना प्रधान राष्ट्रपतिका लागि उपयुक्त पात्र हुनुहुन्थ्यो’, उनले भने ‘मलाई त्यसमा अहिले पनि गहिरोगरी सम्झना गर्नै इच्छा हुने गर्दछ।’

उनले पञ्चायत र राजतन्त्रको विरोधी आन्दोलमा सहानाको योगदान अविस्मरीय रहेको बताए। उनले साहना आफ्नो लागि समेत प्रेरणाको स्रोत बताए।

अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकता ठूलो परिघटना भएको भन्दै त्यसलाई सहज रुपमा अगाडि लान नसके ठूलो जोखिम पनि हुने बताए। ‘दुईटा मूलधारका पार्टी हुँदा एउटाले गल्ती गरे जनताले अर्को हेर्ने ठाउँ हुने ग¥थ्यो’, उनले भने, ‘‘जनताले कहिले कसलाई अगाडि सार्दा हुन्छ भनेर सोच्ने ठाउँ थियो अब त्यो रहेन। त्यसकारण हामी ठूलो जोखिममा छौँ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नकपाले राम्रो काम गर्न नसके सबै एउटै डुंगामा डुब्ने खतरा रहेको औल्याए। राम्रो गर्दा नेपालको विकास र समृद्धिमा नभइ विश्वमा नै एउटा सन्देश जाने उनको भनाइ थियो।

जनताले आफूबाट ठूलो अपेक्षा गरे पनि पार्टी नेताका गतिविधि आत्मकेन्द्रीत भएको उनलदे दावी गरे। ‘२०६२÷६३ पछि हामी सकै कुनै न कुनै रुपमा अलि बढी आत्मकेन्द्रित भएका छौँ’, उनले भने, ‘अलि बढी धुलोमैलो लाएका, फोहोरीफोहोरी जस्तो भएका छौँ।’

उनले पार्टी र सकारलाई जनअपेक्षा अनुकूल अगाडि लैजाने चुनौती आफूसँग रहेको बताए। नेपाल खबर बाट