काठमाण्डु, ६ असोज – सरकारले नेपाल प्रहरीका तीन डिआइजीलाई एआइजीमा बढुवाको सिफारिसलाई अनुमोदन गरेको छ ।

शुक्रबार अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अधिकारीहरूको बढुवाको निर्णय गरेको हो । बढुवा सिफारिस समितिको सिफारिस अनुसार पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआइजीमा बढुवासँगै जिम्मेवारी पनि तोकिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्कीले प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभाग सम्हाल्ने छन् भने राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा जिम्मेवारी दिइएको छ ।