माघ । मेगास्टार अमिताभ बच्चन र उनका परिवार फेरी समस्यामा परेका छन् । अचानक सामाजिक सञ्जामा बच्चनको निधन भएको खबर भाइरल हुँदै गएपछि बच्चनको उनको परिवार चिन्तित देखिएको छ ।

उनका केही तस्बिर फेसबुकमा देखिएका छन् भने नजिकै उनका छोरा अभिषेक उभिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार यो पहिलो पटक भने होइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत फेवु्रअरीमा पनि उनको अचानक निधन भएको खबर सामाजिनक सञ्जालमा आएको थियो । त्यो बेला ह्वाट्स एपमा पनि यो खबर छाएको थियो । जसमा अमिताभ बच्चन अब यो दुनियामा छैन । उनको सँधै याद आउने छ भनेर लेखिएको थियो ।

कुनै सेलिब्रिटीको अस्पतालमा उपचार भइरहेको वा पुरानो तस्बिरको प्रयोग गरेर यस्तो खालको गलत प्रयोग भइरहेको छ । अभिनेता बच्चन मात्रै नभई उनकी बुहारी ऐश्वर्या राय बच्चन पनि यस अफवाहको सिकार भएकी थिइन् ।