दमक/झापा कमल गाँउपालिका वडा नंं ६ निवासी साविक लखनपुर ३ पुराना ब्यवसायी कृष्ण पोखरेललाइ पितृ शोक परेको छ । उनका बुबा महानन्द पोखरेलको आज बिहान अढाइ बजे घरमा नै निधन भएको हो ।

उहाँको आजै बिहान ९ बजे अन्तिम दाह संस्कार कन्काइ नदीमा गरिने आफन्तजनले बताएकाछन् । हाल लखनपुरको मंगलवारे बजारमा मदिरा एवं पेयपदार्थको थोक तथा खुद्रा बिक्रेताको रुपमा ब्यवसाय गर्दै आएका ब्यवसायी कृष्ण पोखरेल मृतक महानन्दका एक मात्र छोरा हुन् ।