काठमाडौँ, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेटेकी छन् ।

एक सय वर्ष पुगेका राष्ट्रकवि घिमिरेलाई उनकै निवासमा पुगेर राष्ट्रपति भण्डारीले भेटेकी छन् । राष्ट्रपति भण्डारी फूलको बुकी बोकेर राष्ट्रकविलाई भेट्न गएकी थिइन् । राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक सय वर्ष पुगेका राष्ट्रकवि घिमिरेले निवासमा पूजापाठ पनि गरेका छन् । उनलाई एकसयौं जन्मदिनको शुभकामना दिन आफन्त, छिमेकी र शुभचिन्तकहरु पनि लैनचौरस्थित उनको निवासमा भेला भएका थिए ।

विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कविका रुपमा सुरपरिचित छन् ।