झापा। झापाको दमक नगरपालिकामा शनिवार दिउँसो बुहारीको कुटाईबाट सासू गम्भिर घाईते भएकी छन् । सासूबुहारी विच घरायसी बिवाद हुँदा दमक २ निवासी ४६ बर्षीया बुहारी लक्की खवासले ७६ बर्षीया सासू बनादेवी खवासलाई ढुंगाले हानेकी हुन ।

ढुंगाले टाउकोमा लागेर गम्भिर घाईते भएकी सासू बनादेवीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर ल्याईएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ढुंगा प्रहार गर्ने बुहारीलाई दमक प्रहरीको नियन्त्रणमा राखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी सुनसरीको ईनरुवा नगरपालिका १० जल्पापुरमा जग्गाको विषयमा झगडा हुँदा एक जना घाईते भएका छन् । सोही स्थान बस्ने ४० बर्षीय ताहिर मिँयालाई जग्गाको बिषयमा झगडा हुँदा सोही स्थान बस्ने मुस्ताक मिँयाले कुटपिट गरेका थिए ।

कुटपिटबाट मिँयाको अनुहार र शरिरमा चोट लागेर गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको छ । कुटपिट गर्ने मुस्ताक तत्काल फरार रहेकोले खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।