भद्रपुर । खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु उराऊको मृत्यु भएको छ । घरदेखि आठ सय मिटरको दूरीमा रहेको काली खोलामा आज बिहान उनको शव फेला परेको हो ।

दैनिक जसो मादक पदार्थ सेवन गरेर हिँड्ने उराऊको मापसेकै कारण खोलामा डुबेर मृत्यु भएको अनुमान प्रहरीको छ । उनको आजै मेची अञ्चल अस्पताल भद्रपुरमा शव परीक्षण गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । रासस