झापाको कन्काई नगरपालीका सुरुङ्गामा आज बिहान भएको सवारी दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ ।
ईलामको चुलाचुली गाउँपालीकामा कार्यरत नायक सुब्बा जगत कोईरालाको सावरी दुर्घटनामा ज्यान गएको हो । ईलाम को ईलाम नगरपालीका घर भएको कोईराला ईलामबाट कार्यक्षेत्र चुलाचुली आउने क्रममा आज बिहान ९ बजे कन्काई नगरपालीकाको सुरुङ्गामा सवारी दुर्घटनामा पर्नु भएको हो ।
कोईराला सवार मे ५ प ६६६४ नम्बरको पुर्व बाट पश्चिम आउँदै गरेको मोटरसाईकललाई सोहि दिसा बाट आउँदै गरेको ना १ क ३७२९ नम्बरको जेसिबिले पछाडि बाट ठक्कर दिएको थियो । जेसिबिको ठक्करबाट घाईते कोईरालाको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाले जनाएको छ ।










