बिष्णुप्रसाद पोखरेल दमक । झापाको कमल गाँउपालिकाको एक कृषि सहकारी संस्थाले आफ्नो सहकारी संस्थाको दुग्ध संकलन केन्द्रमा नियमित दुध ल्याउने किसानको गाइभैसीको आफै बिमा गरिदिने भएको छ । सरकारले ७५ प्रतिशत बिमा रकम बहोर्ने गरेकोमा अब बाँकी २५ प्रतिशत सहकारीले बेहोर्ने भएको हो ।

सहकारीका सबै सदस्यहरुको पशु बिमा अनिवार्य गराउने उदेश्यले यो बर्षदेखि यो कार्यक्रम अघि बढाइएको लगनशिल कृषि सहकारी संस्था कमल ५ का सचिब लालबहादुर बिष्ठले बताउनु भयो । स्थानीय तहसंग समन्वय गरेर आफुहरुले यो काम गर्न लागेको समेत उहाँले जानकारी दिनु भएको छ । शनिबार भएको साधरणसभाले यो प्रस्ताव सर्वसम्मत रुपमा पास गरेको छ, बिष्ठले भन्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गतबर्ष देखि सहकारीले दुध संकलन केन्द्र शुरु गरेको जनाउदै किसानलाइ दुध उत्पादनका लागि प्रोत्साहित गर्न पशु बिमा, दुध बोक्ने ट्यामी बितरण, निशुल्क रुपमा कृत्रिम गर्भधान जस्ता सेवाहरु समेत सहकारीले सार्वजनिक गरेको छ । हामीले किसानहरुसंग रहेका दुधालु गाइभैसीहरुबाट नै बढी दुध उत्पादनका लागि नश्ल सुधार कार्यक्रमलाइ समेत अघि बढाएका छौ, उहाँले भन्नुभयो ।

सहकारीका अध्यक्ष नरेन्द्रबहादुर कार्कीका अनुसार एकबर्ष अघिसम्म किसानले उत्पादन गरेको दुध बेलुका निबिक्ने गरेकोमा आफुहरुले दुग्ध चिस्यान केन्द्र खोलेपछि उक्त समस्या हल भएको बताउनु भयो । दैनिक रुपमा अहिले ४ सय ५० लिटर भन्दा बढि दुध संकलन हुन थालेको जनाउदै अब यो बढ्दै जाने उहाँको भनाइ छ ।

गत बर्ष सहकारीले किसानबाट ४६ लाख ३८ हजारको दुध किनेको र ४९ लाख ८३ हजारमा बिक्री गरेको कार्कीले जनाउनु भयो । दुध बिक्रीबाट मात्र सहकारीले ३ लाख ४५ हजार आम्दानी गरेको उहाँको भनाइ रहेको छ । अब यो नाफा रकम तिनै दुध बिक्री गर्ने किसानहरुका लागि कार्यक्रम ल्याउने तयारीमा रहेकाछौ, कार्कीले भन्नुभयो ।

बचत तथा ऋणको कारोबारमा मात्र सिमिति नरहेर किसानहरुले ल्याएको दुधको प्रशोधन गरेर आफै बजारीकरण गर्ने कार्य समेत यस बर्षबाट प्रारम्भ गर्न सहकारीले घोषणा गरेको छ । किसानले मुल्य नपाएको गुनासो आएकाले यसले किसानहरुले बढि मुल्य पाउने र रोजगार समेत सिर्जना हुने अपेक्षा रहेको सहकारीका ब्यवस्थापक किशोर गुरागाइले बताउनु भयो ।

सहकारीले कृषि उत्पादनसंग जोडिएका सामाग्रिहरु समेत किसानहरुलाइ सहुलियत रुपमा उपलब्ध गराउदै आएको पाईएको छ । यो बर्ष कम्तिमा पनि १ लाखको दरले २० जना किसानलाइ २ बर्षे भाका अवधिमा सहुलियत ब्याजदरमा २० लाख रुपिया लगानी गर्ने र उनिहरुले तिरेको ब्याजको ३ प्रतिशतका दरले फिर्ता दिइने नीति समेत पास गरेको सहकारीले जनाएको छ ।