काठमाडौं, ८ असोज । भदौ २६ गते एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको मृत्यु भएको छ । एसिड आक्रमणपछि कीर्तिपुर अस्पतालमा उपचाररत दासको आइतबार राति ११ः४० बजे मृत्यु भएको हो ।

एसिड आक्रमणमा घाइते सम्झनाकी बहिनी सुस्मिताको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सम्झनाको मृत्युपछि बाबु जादुलाल दासले मर्माहत भएका छन् । उनले भने, ‘एसिड छर्किएर मेरी छोरीको हत्या गर्ने अपराधीलाई फाँसिको सजाय हुनुपर्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘एसिडको पीडा कस्तो हुन्छ, अपराधीलाई पनि छर्किएर तड्पाइ तड्पाइ मार्नुपर्छ’, उनले भने, ‘त्यति पनि नभएर अर्काको छोरीचेलीमाथि गिद्धे आँखा लगाउनेको आँखा फुटाइदिनुपर्छ । ’

अर्की छोरी सुस्मिताको अवस्था पनि गम्भिर रहेको र बाँच्छिन् वा मर्छिन् केही थाहा नभएको उनले बताए । एसिड प्रहार गरेको आरोपमा सोही ठाउँका रामबाबु पासवान पक्राउ परेका छन् ।दैनिक नेपाल बाट