भद्रपुर । चाडपर्व नजिकिएसँगै झापा प्रहरीले जुवाको खालमा छापा मार्ने अभियान सुरु गरेको छ । प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएका प्रहरी टोलीले मेचीनगरबाट जुवा खालामा छापा मारेर १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका १० निवासी नारायण गुरुङ्को घरमा तास खेली रहेको बिशेष सूचनाको आधारमा प्रहरीले आइतबार साँझ छापा मारेर ७७ हजार ३ सय ८० रुपैयाँ नगदसहित १२ जनालार्इ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले उनीहरुको १२ थान मोवाइल फोन र ६ बुक तास बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनीहरुलाई जुवा ऐन मुद्दा दर्ता गराई जिल्ला प्रशासन कार्यालय झापाबाट म्याद थप गरी नाम सार्वजानिक गरिने डिएसपी बस्नेतले बताए । टाइम्स अफ प्रदेश बाट