अब मन्त्रीको स्वीकृति बिना जनप्रतिनिधिले विदेश भ्रमणमा जान नपाउने भएका छन् । जनप्रतिनिधिको भ्रमण स्थानीय विकास तथा संघीय मामिला मन्त्रीले स्वीकृत गर्ने भएका छन् भने कर्मचारीको विदेश भ्रमणको सचिवले स्वीकृत गरेपछि मात्र विदेश भ्रमणमा जान पाइनेछ ।

गत शुक्रबार संघीय सरकारले ल्याएको स्थानीय जनप्रतिनिधिको वैदेशिक भ्रमणसम्बन्धी निर्देशिका मन्त्रीपरिषदले पारित गरिसकेको छ । सो निर्देशिका अनुरुप स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई मनत्रीको आदेश बिना विदेश जान पाइदैन । अब स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यले पदीय हैसियतमा गर्ने विदेश भ्रमण औपचारिक दायरामा आउने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अब केन्द्र सरकारले अनुमति दिएपछि मात्र उनीहरुले विदेश भ्रमण गर्न पाउने छन् । भ्रमणको अनुमति लिन स्थानीय तहका प्रमुख आफैंले सिफारिस गर्नुपर्नेछ । यस्तो सिफारिसमा भ्रमणमा सहभागिताको औचित्य पनि खुलाउनु पर्नेछ । यससँगै गाउँ र नगरसभाले स्वीकृत गरेको कार्यक्रमबमोजिम कार्यपालिकाले दिएको स्वीकृतिको निर्णय पनि पेश गर्नुपर्नेछ ।