काठमाडौं, ९ असोज । नेपला टेलिभिजनका पूर्वअध्यक्ष एवम् नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य महेश दाहाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार आयोजित विशेष कार्यक्रममा दाहाल पार्टी प्रवेश गरेका हुन् । दाहाललाई नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका र सदस्यता प्रदान गरेर पार्टीमा प्रवेश गराएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चितवन जिल्ला निवासी दाहालले मंगलबारदेखि नेपाली कांग्रेसलाई परित्याग गरेको जनाएका छन् ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली देश बाहिर भएका बेला प्रचण्डले कांग्रेसका नेतालाई पार्टीमा भित्र्याएका छन् ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेपाल टेलिभिजनका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेसका नेता महेशसंघ र प्रदेश निर्वाचनअघि नै तत्कालीन वाम गठबन्धनमा प्रवेश गर्न खोजे पनि आफूले रोकेर राखेको बताएका छन् ।

दाहाललाई नेकपामा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले नेपाल तरुण दलका केन्द्रीय समिति सदस्य समेत भइसकेकका दाहाल चुनावअघि नै पार्टी प्रवेश गर्न खोजेको खुलासा गरेका हुन् ।

‘पार्टी प्रवेश गर्नेबारे चुनावअगाडि नै छलफल भएको थियो । उहाँको मन हाम्रोतिर थियो’, प्रचण्डले भने, ‘अहिले चुनावमा हाम्रो गठबन्धनको पक्षमा माहौल बनाउने र पछि प्रवेश गर्ने भन्ने छलफल भयो ।’

समाजवादको यात्रामा दाहालको बाँकी जीवनको अधिकतम सदुपयोग हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले उनलाई पार्टीले उचित जिम्मेवारी दिने वचनबद्धता समेत गरे ।

नेपाल विद्यार्थी संघमा लामो समय काम गरेका दाहाल नेपाल तरुण दलको केन्द्रीय समिति सदस्य समेत भएका थिए ।

पार्टी प्रवेशका क्रममा दाहालले मुलुकको विकास अब कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्रै सम्भव भएको बताए । पार्टी प्रवेशका क्रममा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै दाहालले पार्टीको जुनसुकै आग्रह र निर्देशन मान्न आफू तयार रहेको समेत उल्लेख गरेका थिए ।