दमक/होटलमा हुने गरेको भनिएको यौनजन्य गतिबिधि र रेडलाइट एरियाको बिषयमा होटल ब्यवसायी संघ दमकले छलफल गर्ने भएको छ ।

पर्यटन दिवसको सन्दर्भ पारेर मेची अञ्चलभरका होटल ब्यवासायी तथा सरोकारवालाहरुको उपस्थितिमा हुने छलफलमा यो बिषयले समेत प्रवेस पाउने भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकमा पत्रकार सम्मेलन गरेर जनाइए अनुसार आउदो ११ गते गरिने कार्यक्रममा होटल क्षेत्रका समस्या र सामधानको उपायको बिषयमा छलफल हुने अध्यक्ष राजन दंगालले बताए । उनका अनुसार होटललाइ पर्यटनसंग जोड्नका लागि बहस गर्ने उदेश्य रहेको बताए ।

होटलमा बिकृती तथा यौन गतिबिधिको बिषयमा पनि छलफल जरुरी भएकाले यस बिषयमा छलफल गरिने उनले जनाए । प्रदेश नं. ४ का मुख्यमन्त्रीले यो बिषय बोलेको बताउदै आफुहरुले पनि छलफल गर्ने दंगालको भनाइ थियो ।

बारम्बार रुपमा होटलहरुलाइ बेश्याबृती गराएको जस्ता आरोप लाग्ने गरेको भन्दै यि आरोपहरुको बिषयमा पनि गहन छलफल हुने सचिब सुधिर प्रधानले जनाए । उनका अनुसार सम्मानित पेशाको रुपमा बिकास गर्न र पर्यटकीय सम्भावानाको खोजिका लागि साझा धारणा बनाउन छलफल जरुरी भएको हो ।