९ असोज – पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड र चक्कु प्रहार गरेका छन् ।

स्थानीय ३६ वर्षीय विमल श्रीपालीले हरबासीकै ३० वर्षीया बसन्ती परियारलाई एसिड र चक्कु प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विमलले बसन्तीलाई सोमबार राति एसिड छ्यापेर तीन पटकसम्म चक्कु प्रहार गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चक्कु प्रहारबाट उनको छाती र अनुहारमा चोट लागेको छ । बसन्ती गम्भीर घाइते भएकी छन् । घाइते परियारको जिल्ला अस्पताल भरतपुरमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने सिर्पालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।