काठमाडौं–शिक्षा सेवाका दुई सयभन्दा बढी उपसचिव झण्डै साढे दुई महिनादेखि कामविहीन बनेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका नगरपालिकाका शिक्षा शाखामा उपसचिवहरूलाई खटाउन बाटो खुला गरिदिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुन उपसचिवलाई कहाँ पठाउने भन्ने निर्णय गर्न सकेको छैन ।
फलानोलाई फलानो ठाँउमा नपठाउनू, फलानो ठाउँमा पठाइदिनू भनेर राजनीतिक दवाव आएपछि बनाएको सूचीअनुसार उपसचिवहरुलाई खटाउन नसकेको शिक्षा मन्त्रालयको प्रशासन महाशाखाका एक अधिकृतले बताएका छन् । कामविहीन भएका सबैले साउनदेखिकै तलब खान पाएका छैनन् ।










