बिर्तामोड, असोज ९ । झापाको बिर्तामोड नगरपालिकास्थित मेची राजमार्गमा सोमबार बेलुका भएको सडक दुर्घटनामा परी एकजना युवाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।

नाम बतन नखुलेका मोटरसाइकलको पछाडि बस्ने अन्दाजी ३०÷३५ वर्षका एक युवाको बिएन्डसी हस्पिटलमा आइसियुमा राखेर उपचार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा घाइते मोटरसाइकल चालक कनकाई नगरपालिका–१ दुर्गापुरका ३३ वर्षीय मीनबहादुर डाँगीको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचारमा क्रममा मृत्यु भएको जिल्ला टाफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

सोमबार बेलुका ८ः३० बजे धर्मकाँटामा रोकी राखेको ट्रकमा मे. ८ प ६५७९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको स्थानीयबासीले जानकारी दिएको ट्राफिक प्रहरीले जनाएको छ ।

स्थानीयले दिएको जानकारीअनुसार लोड गरिराखेको भारतीय ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।