काठमाडौं । गएराति टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि काठमाडौं नजिकैको नुवाकोट, ओखरपौवा तनावग्रस्त बनेको छ । ओखरपौवाको कागती गाउँका बासिन्दाले टिपर चालकलाई कारवाही गर्न माग गर्दै गरेको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ ।
सोमबार साँझ ककनी गाउँपालिका–१ स्थित ओखरपौवामा टिपरको ठक्करबाट स्थानीय शेरबहादुर बलामीको मृत्यु भएपछि ओखरपौवाको कागतीगाउँ अशान्त बनेको हो । टिपर चालकलाई जोगाउन खोजेको भन्दै स्थानीयबासी र प्रहरी बीच समेत झडप भएको छ ।
झडपमा केही प्रहरी समेत घाइते भएका छन् । टिपरधनीले मृतकका परिवारलाई २१ लाख दिने सहमतिपछि बल्ल स्थिति सामान्य बन्दै गएको जनाइएको छ । स्थानीयबासीले मृतकको नाममा तीन दिनसम्म सडक बन्द गराउने माग समेत अघि सारेका छन् ।










