सहबान अन्सारी नवलपरासीको सेमरीमा सशस्त्र प्रहरी द्वारा ७१ हजार बराबरको पटाखाँ नष्ट गरिएको छ। दशै तिहार नजिकदै गर्दाको अवसर पारेर बिभिन्न नाकाहरुबाट अबैध सामानहरु भित्रिदै गर्दा गएराति प्रतापपुर गाऊपालिका वडा नं. २ गोपीगंज बाट सशस्त्र प्रहरीको टोलीले चेकजाचको क्रममा भारत बाट अबैध रूपमा ल्याऊदै गरेको पटाखाँ नियन्त्रणमा लिएको थियो।

शसस्त्र प्रहरी,नेपाल प्रहरी,वडाध्यक्ष ,पत्रकार,स्थानीय लगाएतका रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी स्थाई वेश क्याम्प सेमरीका शसस्त्र प्रहरी नायब उपरिक्षक गोपाल अधिकारीले जानकारी दिनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिमावर्ती क्षेत्रहरुमा दिनँहु अबैध रुपमा चोरी तस्करी बढदै गएको हुदाँ बिभिन्न नाका हरुमा निगरानी बढाईएको अधिकारीले बताए।