दमक/झापा दमकको सुर्यदर्शन सहकारी संस्थाले १ अरब १२ करोड ८३ लाख १८ हजार ७ सय ९९ रुपिया बराबारको कारोबार गरेको छ ।

संस्थाको नवौ साधरणसभामा अध्यक्ष टीकाराज सापकोटाले प्रस्तुत गरेको प्रतिबेदनमा यो उल्लेख छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सहकारीको शेयरपुजी पनि उल्लेख्य बृद्धि भएको जनाईएको छ । ७ करोड ४८ लाख २६ हजार ५ सय रुपिया पुगेको छ । सहकारीले आफ्नै सबै कोषहरु मजबुद बनाउदै गएको उल्लेख छ ।

सहकारीका ब्यवस्थापक अरुण भण्डारीका अनुसार सहकारीले सदस्यमुखि कार्यक्रमहरु ल्याएको छ ।

सहकारीले १ करोड ७५ लाख ६ हजार ६ सय ९२ रुपिया खुद नाफा गरेको सार्वजनिक गरिएको छ ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सोमबार साधरणसभा भएको थियो ।

सुर्यदर्शन हाक्ने टिम