जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सरकारले मूल्य तथा करवृद्धि गरेर आमसमुदायको जीवनयापनमा जटिलता सिर्जना गरेको आरोप लगाएका छन्।

सो पार्टीको केन्दीय विधान मस्यौदा समितिद्वारा मंगलबार आयोजित प्रादेशिक छलफल कार्यक्रममा उनले सरकारले जनताको आवश्यकतामा ध्यान नदिएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता सिटौलाले सत्तासीनले प्रणालीलाई सृदृढ नगरेको आरोपसमेत लगाए । कार्यक्रममा केन्द्रीय सदस्य मीनेन्द्र रिजाल र महालक्ष्मी उपाध्याय डिनाले दलको विधान मस्यौदाबारे जानकारी गराएका थिए ।