सुन्दरीको कमाण्डमा प्रहरी !
यिनी प्रहरी इन्सपेक्टर एलिजा गिरी । हालसालै कोटेश्वर प्रहरी प्रमुख बनेर आएकी एलिजाको अहिले सर्वत्र चर्चा छ ।
बालुवा सेटिङमा घुस लिएको आरोमा कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका केही प्रहरीलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले पक्राउ गरेपछि इन्स्पेक्टर राजु लामालाई रिप्लेस गर्दै एलिजा यहाँको कमाण्ड सम्हाल्न आइपुगेकी हुन् ।
कुनैबेला टेलिभिजनमा समाचारवाचकको भूमिका निर्बाह गरेकी अलिजाले केही म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।
उनलाई धेरैले ‘सुन्दरी प्रहरी’का रुपमा चर्चा गरेका छन् । रुप पक्ष मात्रै होइन, एलिजाको सार पक्ष पनि सुन्दर र उत्प्रेरक छ । उनको साहस, मेहनत र लगानशीलता आमनारीका लागि प्रेरणाको स्रोत हुनसक्छ ।
अरु पेसा छाडेर एलिजा २०७० सालमा प्रहरी सेवामा प्रबेश गरेकी हुन् । उनले यो अवधिमा प्रहरी संगठनभित्र भोगेको अनुभूति रोचक छ ।
छोटो अवधिमै प्रहरी ईन्चार्जको जिम्मेवारी सम्हाल्ने मौका पाएकी एलिजालाई जसरी पनि सफल हुनु छ । जसका लागि उनले गरेका हरप्रयास सकरात्मक छ ।
पुरषसत्ताले ग्रस्त समाजमा महिला प्रहरीलाई संगठनको कमाण्ड गर्ने कुरा चानचुने छैन । तर, उनी आफू महिला भएकै कारण काम गर्न सजिलो भएको भएको अनुभव सुनाउँछिन् ।,
एलिजाले नेतृत्व पाएको कोटेश्वर प्रभाग सुरक्षाका दृष्ट्रिकोणमा संवेदनशील क्षेत्र हो । संगठनले चुनौती सामना गर्नसक्ने क्षमता देखेरै आफूलाई यहाँको जिम्मेवारी दिएकोप्रति उनी खुसी छिन् । र, आइपर्ने चुनौती सामना गर्न तयार छिन्, एलिजा ।
सञ्चारकर्मी र कलाकारहुँदै प्रहरी सेवामा आएकी एलिजासँग जीवनमा केह ीगर्ने हुटहुटी छ । आफ्नो व्यक्तिगत जीवन मात्रै होइन, समाज र राष्ट्रका लागि विशिष्ट योगदान पुर्याउने उनको चाहना छ । सपना छ ।
ईन्सपेक्टर शर्मिला गुरुङ
शर्मिला गुरुङः जसले ११ महिनादेखि बलम्बु प्रहरी प्रभागको नेतृत्व सम्हालिरहेकी छन् । २०६७ सालमा प्रहरी सेवामा प्रबेश गरेकी उनले धेरै वटा कार्यक्षेत्रमा रहेर कुशलतापूर्व जिम्मेवारी निर्बाह गरिसकेकी छन् ।
सहस र कार्यकौशलकै कारण प्रभागको नेतृत्व सम्हाल्न आइपुगेकी हुन्, ईन्सपेक्टर शर्मिला । उनलाई प्रहरी सेवामा प्रवेश गर्ने प्रेरण परिवारबाटै प्राप्त भएको हो । र, आज पनि उनलाई परिवारको पूरै साथ, सहयोग र समर्थन छ ।
प्रहरी संगठनभित्रै रहँदा उनको आफ्नै ब्याचमेटसँग प्रेमसम्बन्ध गाँसियो र विवाह भयो । उनको २ बर्षको छोरा छ । परिवारलाई समेत समय दिएर उनले आफ्नो कर्तब्यलाई सहज ढंगले निर्वाह गरिरहेकी छन् ।
समाजमा ‘महिलाले पनि प्रहरी संगठनको नेतृत्व गर्न सक्छ र ?’ भनेर कुरा काटिने गरेकोप्रति शर्मिलालाई दुख लाग्छ । र, उनी आफूलाई महिला प्रहरी भन्दा पनि प्रहरी अफिसर्सको रुपमा लिन्छिन्, अरुलाई पनि त्यसै अनुसार बुझ्न आग्रह गर्छिन् ।
काठमाण्डौ भित्रिने प्रमुख नाका तथा औद्योगिक हिसाबले महत्वपूर्ण मानिएको बलम्बु– सतुंगल क्षेत्र सुरक्षाको दृष्ट्रिकोणले संवेदनशील छ । लागूऔषध कारोबार, गुण्डागर्दी र अन्य तस्करीमा कहलिएको बलम्बु प्रभागको नेतृत्व शर्मिलाले सम्हालेपछि अपराधिक घटनाहरु कम भएको छ । र उनी नागरिकलाई सुरक्षाको प्रात्याभूति दिन र अपराध न्यूनीकरण गर्न प्रतिवद्ध छिन् । उनको नेतृत्व, लगाव र आत्मविश्वास प्ररणादायी छ ।
थप सुन्दरी प्रहरी
देउती गुरुङ । यिनले १३ वर्षदेखि प्रहरी प्रभागको कमाण्ड सम्हालिरहेकी छन् । पछिल्लो समय देउती केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल, महाराजगंजको नेतृत्व गरिरहेकी छन् । प्रहरी अफिसर मात्रै होइन, देउती डाक्टर पनि हुन् । अर्थात् उनी भेटेनेनरी डाक्टर ।
अपराध अनुसन्धान र सुरक्षा व्यवस्थामा महत्वपूर्ण सहयोगीका रुपमा रहेको कुकुरको उपचारसँगै रेखदेख र तालिम दिने भूमिका पनि देउतीले निर्बाह गर्दै आएकी छन् । २५ वर्षदेखि कुकुरकै स्याहार र तालिममा समय खर्चेकी देउतीलाई कुकुरको स्वभाव र शैलीबारे राम्ररी ज्ञान छ ।
देउतीका लागि कुकुर त परिवारका सदस्य जस्तै लाग्छ । लोकसेवा उतीर्ण गरेर कृषि मन्त्रालयमा समेत काम गरेकी उनलाई प्रहरी सेवाले आकर्षित गर्यो ।
कुशलतापूर्वक संगठनको जिम्मेवारी बहन गरेसँगै उनको पदोन्नति हुँदै गयो । काम सिलसिलामा धेरै देश घुम्ने अवसर पाइन् ।
देउतीलाई आफूलाई महिला भएप्रति कुनै हिनताबोध छैन, गर्व छ ।
कसरी कुकुरलाई अपराधन अपराध अनुसन्धानमा सार्थक ढंगमा प्रयोग गर्न सकिन्छ ? भन्ने कुराको खोजीमै व्यस्त छिन्, देउती । उनको जीवन दस्तावेज वास्तवमै उत्प्रेरक छ ।
रुपा लाबुङ्ग
ईन्सपेक्टर रुपा लाबुङः महानगरीय प्रहरी प्रभाग, सानेपाकी प्रमुख । अतिसामान्य परिवारमा जन्मेहुर्केकी रुपाले यहाँसम्म यात्रा तय गर्दा गर्नु परेको संघर्ष चानचुने छैन ।
२०६७ सालमा प्रहरी सेवामा प्रबेश गरेकी रुपा आज सफल प्रहरी अफिसर्सको सूचीमा दर्ज छिन् । यहाँसम्मको संघर्षपूर्ण यात्रालाई उनी यसरी सम्झन्छिन् ।
यिनी अहिले सानेपा क्षेत्रमा कसरी शान्ति सुरक्षा चुस्त बनाउन सकिन्छ ? र अपराध न्यूनीकरण गर्न सकिन्छ ? भनेर योजना बनाउँदै छिन् । उनलाई महिला भएका कारण संघठनमा कुनै अप्ठेरो अनुभूत छैन ।
काठमाडौंबाट ललितपुर प्रवेशका सातवटा नाका समेत सानेपा प्रभागकै सुरक्षा जिम्मेवारीमा छन् । उनले अहिले प्रहरी संगठनका १ सय ३२ जनाको टिमको नेतृत्व गरिरहेकी छन् । उनको नेतृत्वलाई संगठनमा उदाहरणका रुपमा प्रस्तुत गर्ने गरिन्छ ।
एलिजा, शर्मिला, देउती र रुपमा मात्रै होइनन्, अहिले महानगरीय प्रहरी प्रभागहरुमध्ये पुल्चोकमा चेतना पोखरेल र साँखुमा लक्ष्मी पाण्डे खनालले कमाण्ड सम्हालिरहेका छन् । त्यस्तै रुपन्देहीको इलाका प्रहरी कार्यालय, छपियामा प्रहरी निरीक्षक शैलेश्वरी बोहरा र महानगरीय पर्यटक प्रहरी भृकुटीमण्डप, काठमाडौंमा प्रहरी निरीक्षक रुपा थापाले नेतृत्व गरिरहेका छन् । एसपी किरण बज्राचार्य २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयामा छिन् भने एसपी मिरा चौधरी जिल्ला प्रहरी कार्यालय बाराको जिम्मेवारी संहाल्न पुगेकी छिन् । यस्तै एसपी किरण राणा भने महानगरीय प्रहरी परिसर भक्तपुरको जिम्मेवारी सम्हालेर प्रहरीको महिला सेलमा आएकी छन् ।
केही महिनायता विभिन्न स्थानमा महिला अफिसरहरुले सफलतापूर्वक काम गरिरहेका छन् । नेपाल प्रहरी संगठनले नै उनीहरुलाई सबल ठानेको छ र उनीहरुलाई थप हौसला प्रदान पनि गरेको छ ।
प्रहरी संगठनमा महिलाको आवश्यकता र भूमिकालाई अझै महत्वपूर्ण मानेर संगठनले महिलाको संख्या बढाउने योजना पनि बनाएको छ । यसले महिलालाई ‘कमजोर छैनन्, मौका पाए गर्न सक्छन्’ भन्ने सन्देश दिएको छ ।
https://youtu.be/kHq4FXYpTpE










