नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीताको फलोअप उपचारका लागि आज सिंगापुर जाँदैछन् ।

प्रचण्ड राति ९ः ०० बजे सिल्क एयरको उडानमार्फत त्यसतर्फ जान लागेका हुन् । अल्जाइमरबाट पीडित दाहालको गत असारमा सिंगापुरमा उपचार भएको थियो । नेपालमा उपचार सम्भव नभएपछि सीताको भारतमा उपचार गराइएको थियो ।

तर, त्यहाँ पनि सुधार नभएपछ सिंगापुर लगिएको हो । उनको सिंगापुरस्थित एलिजावेथ अस्पतालमा वाटर थेरापी गरिएको थियो । काठमाडौं टुडे बाट

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड