काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतमा प्रहरीले महिला हिंसा रोक्ने काम गरेको छ भनेर अहिले चुप लाग्न नहुने बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले केही महिनायता महिला हिंसाका घटना १० प्रतिशतले बढेको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बलात्कारका घटना ३८ प्रतिशत परिचितबाट, १४ प्रतिशत आफन्तबाट, ३३ प्रतिशत छिमेकी र ४ प्रतिशत शिक्षकबाट हुने गरेको उनले बताए। परिवारकै सदस्य पनि बलात्कारका घटनामा संलग्न हुने गरेको उनको भनाइ छ।

गैरव्यासायिक सुरक्षा अधिकारिका कारण निर्मला प्रकरणको अनुसन्धानमा लामो समय लागेको पनि उनले बताए। 'केही समस्या देखिएका छन्। शंकाकै भरमा अनुसन्धान गर्नुपरेको छ,' उनले भने, 'विगतमा पनि यस्ता घटना रहस्यमा छन्।'

मंगलबार पोखरामा भएको अर्को बलात्कार घटनामा एक जना पक्राउ परेको उनले जानकारी दिए। खुल्ला सीमाका कारण अपराधी भारततिर भाग्ने र अनुसन्धान गर्न अनुमति लिनुपर्ने कारण जटिलता देखिएको महानिरीक्षक खनालले बाए।

बलात्कारका घटना र महिला हिंसा न्यूनीकरणका लागि महिला सेलहरूसमेत सक्रिय भइरहेको उनको भनाइ छ।