धनगढी- प्रदेश ७ को राजधानी र नामका विषयमा छलफल गर्न प्रदेश सभा बैठक बुधबार दिउँसाे १ बजे शुरू भएकाे छ। प्रदेशकाे नामांकन तथा स्थायी राजधानी निर्धारण गर्न गठित विशेष सुझाव समितिले मंगलबार सुझावसहितको प्रतिवेदन संसदमा प्रस्तुत गरेपछि छलफल शुरू भएकाे हाे।
समितिले प्रदेश राजधानी गोदावरी नगरपालिकाको तेघरीमा राख्न सुझाव दिएको छ। विशेष समितिले प्रदेशको नाम सुदूरपश्चिम राख्न प्रस्ताव गरेको छ।
प्रदेश सभाको मंगलबारको बैठकमा विशेष सुझाव समितिका संयोजक तारा लामा तामाङले प्रस्तुत गरेको प्रतिवेदनमा प्रदेशको नाम सुदूरपश्चिम र राजधानी तेघरी राख्न सुझाव दिइएको छ। प्रतिवेदनमा प्रदेशको स्थायी राजधानी राख्ने बारे भनिएको छ 'कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ अन्तर्गत तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थानदेखि उत्तरपश्चिम, गोदावरी (धनगढी-डडेल्धुरा सडक) सडक पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणमा चारकिल्ला निर्धारण गरी' राजधानी राख्न सुझाव दिइएको छ। 'हाल ससाना बुट्यान मात्र भएको उक्त स्थान स्थायी राजधानीका लागि पर्याप्त सार्वजनिक जग्गा रहेको क्षेत्र हो' प्रतिवेदनमा भनिएको छ।
प्रदेश ७ संसद सचिवालयका अनुसार छलफलमा सांसदले सो प्रतिवेदनमा चित्त नबुझे संशोधन प्रस्ताव पेस गर्न सक्नेछन्। सचिवालयका कानून अधिकृत तेजप्रकाश जोशीका अनुसार प्रतिवेदनमाथि संशोधन प्रस्ताव दर्ता भएमा पूर्ण बैठकमा छलफलपछि निर्णयार्थ पेस हुनेछ।
प्रदेश सभाकाे बैठक चलिरहेका बेला नेपाली कांग्रेस निकट केही युवाले प्रदेश सभा भवन अगाडि प्रदर्शन शुरू गरेका छन्। उनीहरूले प्रदेशकाे राजधानी धनगढी हुनु पर्ने माग राखेका छन्। सभाले राजधानी गाेदावरीकाे तेघरीमा गरिएकाे प्रस्ताव विरूद्ध नाराबाजी भएरहेको छ। साे प्रस्ताव फिर्ता लिर्इ प्रदेशकाे राजधानी धनगढी ताेक्न प्रदर्शनकारीको माग गरिरहेका छन्। प्रदर्शनमा उत्रिएका युवाले भाेलि धनगढी बजार बन्द घाेषणा गरेका छन्।
प्रदर्शनबारे जानकारी पाएकाे सरकारले प्रदेश सभा भवनभित्र र बाहिर कडा सुरक्षा व्यवस्था गरेकाे छ। प्रदेश सभा भवनबाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली तैनाथ छ। यसअघि प्रदेश सभा बैठकका बेला सर्वसाधारणालार्इ सभा भवनकाे प्रांगणमा प्रवेश दिइन्थ्याे। तर, अाजकाे बैठकमा प्रदेशसभा भवन भित्र सर्वासाधरण प्रवेश गर्न दिइएकाे छैन। नेपाल लाइभ बाट










