काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले निर्मला बलात्कार हत्याबारे थप रहस्य खुलासा गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले अनुसन्धानका क्रममा मुचुल्कामा बाबुको नक्कली औठा छाप भेटिएको उल्लेख गरे ।

उनले भने, ‘घटना १० गते भएको छ ११ गते मुचुल्का उठाउँदै त्यहाँ बाबुको औंठाछाप लगाइएको छ । जबकी भारतबाट १२ गते आएको भनिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै मृतकको कपडा पखाल्ने काम मात्र नभई त्यसलाई जलाउने काम समेत गरेर ठूलो त्रुटी गरेको गृहमन्त्रीले बताए ।

उनले भने, ‘अपराध अनुसन्धान गर्ने एबीसिडी हुन्छ, तर त्यहाँ कपडासमेत जलाइएको छ ।’

उनले छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिनुको कारण गृह मन्त्रालयसम्म कुरा गर्न नपाएर भएको दाबी पनि गरे ।

‘सहसचिव केसीले पहिलाको छानबिन समितिले गल्ती गरेका कारण फेरि गल्ती होला कि भनेर डराएको देखिन्छ’, गृहमन्त्री थापाको भनाई छ ।

यस्तै छानबिन समितिका सदस्य केसीले आफूलाई बडिबिल्डर जस्तो देखिने व्यक्तिले यस्तो छानिबन गर्नेलाई गाडीले किचेर मार्छन् भनेर सुनाएको पनि उनले सुनाए ।

गृहमन्त्री र प्रहरी ज्योतिषी होइनन् गृहमन्त्री थापाले गृहमन्त्री र प्रहरी ज्योतिषी नभएको बताए । समितिको बैठकमा सांसदले निर्मलाका हत्यारा कहिले पत्ता लाग्छन ? भनेर गरेको प्रश्नमा उनले गृहमन्त्री र प्रहरी ज्योतिषी नभएको भन्ने जवाफ दिएका हुन् ।

उनले भने, ‘छिटोभन्दा छिटो दोषी पत्ता लगाउछौ । कति गते कुन दिन दोषीलाई कानुनी कठघरामा उभ्याउने भन्ने अहिले भन्न सकिँदैन ।’

उनले यो घटना प्रायोजित नभएको बताउँदै यस्ता घटनालाई राजनीतिक रङ दिन नहुने उल्लेख गरे । रातो पाटी बाट साभार