काठमाडौं । डोटीमा असोज १२ गतेदेखि अनिश्चितकालिन आमहड्तालको घोषणा गरिएको छ । दिपायल राजधानी संघर्ष समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।
प्रदेश नम्बर ७ को राजधानी र नामाकरणका लागि गठन गरिएको सुझाव समितिले प्रदेशका जनताको भावना विपरित एकलौटी तवरले प्रदेशसभामा प्रतिवेदन पेस गरेको भन्दै त्यहाँका जनता आन्दोलित बनेका छन् ।
दिपायल राजधानी संघर्ष समितिले बुधबार गरेका निर्णयहरुः–
१. मिति २०७५ असोज १० गते घरघरमा विरोध स्वरुप कालो झण्डा टाँग्ने । २. असोज ११ गते बिहान ११ बजे ईन्द्रचोकमा जम्मा भई विरोध र्यालिसहित जिल्ला प्रशासन गेट अगाडि कोणसभामा परिणत हुने । र सोहि दिन दिउँसो ४ बजे देखि पिपल्ला बजारमा विरोध प्रदर्शनसहित कोणसभामा परिणत हुने । ३. असोज १२ गतेदेखि अनिश्चितकालिन डोटि बन्द गर्ने ।
डोटीमा राजधानीको माग गर्दै आन्दोलनरत त्यहाँका स्थानीयको हालसम्म कुनै सुनुवाई भएको छैन । यता ७ नम्बर प्रदेशको राजधानी धनगढी की अत्तरिया भन्नेमा विवाद भएको छ । बुधबार कांग्रेस कार्यकर्ताहरुले राजधानी धनगढी हुनुपर्ने भन्दै प्रदेश सभाको भवन अगाडि नारावाजी गरेका छन् । जनता समाचार बाट










