केबि महरा/ मलेसिया

कुनै सम्झौताबिनै विगत १७ बर्षदेखि खुरु–खुरु कामदार पठाउने नेपाल र ती कामदार लिंदै आएको मलेसिया दुवै अहिले श्रम सम्झौताका लागि अग्रसर भएका छन् । सम्झौताको मस्यौदामा नमिलेका विषयबस्तु टुंग्याउन ‘निर्णायक’ छलफलका लागि नेपाली सरकारी प्रतिनिधिमण्डल बुधबार मलेसिया आइसकेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुवै मुलुकका प्रतिनिधि बिच सुक्रबार उच्चस्तरीय भेटबार्ता हुनेछ र जसका लागि नेपालका तर्फ बाट प्रस्तावित एजेन्डाहरुमा छलफल मुख्यतया केन्द्रीत रहने छ ।

सम्झौतामा समावेश हुनुपर्ने बुँदाहरु :

– कामदारमाथि आर्थिक भार हटाउनुपर्ने ।

– कामदार मलेसिया आउँदा लाग्ने खर्च रोजगारदाताले व्यहोर्नुपर्ने ।

– कामदारको तलब कामदारकै बैंक खातामा जम्मा गरिदिनुपर्ने ।

– नेपालबाट क्वालालम्पुर विमानस्थलमा आइसकेपछि रोजगारदाता ढिलो पुग्दा नेपाली कामदार अलपत्र पर्ने गरेकाले रोजगारदाताले बढीमा ५/६ घण्टाभित्रै कामदार जिम्मा लिइ सक्नुपर्ने ।

– कामदार काम गर्ने समय मात्र नभई २४ सैं घण्टा लागु हुनेगरि बिमाको व्यवस्था गर्नुपर्ने । कारणवश कामदारको मृत्यु भएको खण्डमा १ लाख रिंगिटसम्मको बिमाको सुनिश्चित गराउनुपर्ने ।

– करार अवधि २ वर्षे गर्नुपर्ने ।

– मासिक न्युनतम तलब बृद्धि गर्नुपर्ने ।

– दुई देशका अधिकारीहरु सामेल हुने गरी संयुक्त कार्यदल बनाएर काम गर्ने ।

– रोजगारदाताले समयमै भिसा नवीकरण गराइदिनुपर्ने ।

– करार अवधि थपिएपछि भिसा र सम्झौतापत्रको प्रतिलिपि दुतावासलाई समेत बुझाउनुपर्ने ।

– कामदार मागपत्र प्रमाणिकरण नेपाली दुतावासबाट पनि गर्नुपर्ने ।

– कामदारको राहदानी कामदार आफैंले राख्न पाउनुपर्ने ।

– नेपालमा स्वास्थ्य परीक्षणमा योग्य भई आएका नेपाली कामदारको मलेसियामा पुन: परीक्षण गर्दा अयोग्य देखिएमा त्यसबापत कामदारको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने ।