काठमाडौँ, असोज ११ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा आरोपित व्यक्तिलाई अझैसम्म अनुसन्धानको दायरामा नल्याइएको यहाँ सार्वजनिक एक प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपाल मानव अधिकार सङ्गठनले पत्रकार बुधबार सम्मेलन गरी सार्वजनिक गरेको सो प्रतिवेदनमा प्रहरीले आरोपित व्यक्तिमाथि अझै अनुसन्धान नै शुरु नगरेको तर निर्दोष व्यक्तिलाई यातना दिइ पीडा दिएको जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले सरोकारवालासँगको सङ्क्षिप्त बयान, स्थानीयसँगको छलफल तथा निर्मला पन्तको न्यायका लागि संघर्षरत् ४० भन्दा बढी समाजका व्यक्तिसँग गरिएको छलफलको निचोडलाई प्रतिवेदनमा समेटिएको बताए ।

उक्त घटना अनुसन्धानका क्रममा भीमदत्त नगरपालिका– १५ का दिलीप विष्टलगायत केही व्यक्ति चरम यातनाका कारण मानसिकरुपमा विक्षिप्त भएका छन् भने बम दिदीबहिनी, मामा भनिएका तीर्थराज भण्डारी लगायतसँग अनुसन्धानमा खटिएका टोलीले अझै सोधपुछ तथा अनुसन्धान शुरु नगरेकोे उनले जानकारी दिए । रासस