संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा प्रधानमन्त्री केपी ओली र स्विट्जरल्याण्डका राष्ट्रपति एलँ बेर्सेटबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग प्रधानमन्त्री ओली तथा राष्ट्रपति बेर्सेट यहाँ छन् । सो अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताए । नेपालमा स्विट्जरल्याण्ड सरकारको सहयोगका विषयमा पनि छलफल भएको उहाँले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की, संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित छन् ।

– सुरेन्द्रबहादुर नेपाली, विशेष प्रतिनिधि