काठमाडौं । दशैँ तिहारमा उपत्यकाबाट बाहिरिने यात्रुहरुको सँख्या ठूलो मात्रामा हुने गर्दछ । आवश्यक परैका बेला बस, प्लेनको टिकट पाउन मुस्किल पर्ने भएकालै अग्रिम टिकट बुकिङ राख्ने गरिएको छ । तर, यसपाली तीन दिनमै टिकट सकिएको यातायात व्यवसायीले बताएका छन् ।
घरजान अग्रिम टिकट काट्ने यात्रुहरुले टिकट काट्न काउन्टर पुग्दा टिकट सकिएको भन्ने जवाफ पाउने गरेका छन् । बिहिबार टिकापुर कैलालीका बिन्दास बम घरजाने भन्दै टिकट काट्न नयाँ बषपार्क गए, तर उनलै टिकट नकाटेर रित्तै हात फर्किनु पर्येा ।
चिन्तित मुद्रामा भेटिएका उनले जनतासमाचार डटकमसँग भने, ‘दशैंको १५–२० दिन अगाडि टिकट सकियो भन्छन्, नयाँ गाडी थपेनन् भने त दशैंमा घर जान समस्या पर्ने भो ।’ सरकारले १० प्रतिशत गाडी भाडा बढाउन सहमति गरेसँगै यातायात व्यवसायीले ९ असोजदेखि अग्रिम टिकट बुकिङ खोलेका थिए । तर, तीन दिनमै सबै टिकट बुक भइसकेको भन्दै बसपार्क पुगेकाहरुलाई फर्काउन थालिएको छ ।










