काठमाडौं- कलंकी–नागढुंगा सडकखण्ड विस्तारमा ढिलाइ गरिएको भन्दै स्थानीयवासी प्रदर्शनमा उत्रिएका छन्।

त्यहाँका बासिन्दाले कलंकीकाे ढुंगेअड्डामा सडक बन्द गर्दै बिहानैदेखि विरोध प्रदर्शन गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लामो समयदेखि धुलो र हिलोको समस्या खेपिरहँदा समेत निर्माणमा ढिलाइ भएको र सरकारले चासो नदेखाएको भन्दै प्ले कार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।

आन्दोलनमा उनीहरूले ‘धेरै भयो अत्याचार, सडकमाथि भ्रष्टाचार,घोटाला गर्न पाइँदैन, यस्तो सरकार चाहिँदैन’ लगायतका नारा प्रयोग गरेका छन्। स्थानीयले सडक निर्माण छिट्टै हुनुपर्ने, निर्माण ठेक्का पाएका कम्पनीलाई कारबाही गरिनुपर्ने माग राखेका छन्।