दमक/झापाको दमक ६ मा रहेको शब्जि बजार कृषि सहकारी संस्थाले दुइ बर्षको अवधिमा नै आफ्नो आर्थिक गतिबिधिलाइ बढाएर दर्बिलो बनाउदै गएको छ ।

दोश्रो बार्षिक साधरणसभामा अध्यक्ष बिपिन बस्नेतले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सहकारीको शेयर पुजी १४ लाख ९२ हजार ५ सय रहेको र आउदो बर्ष यसलाइ बढाएर ३० लाख पुर्याउने लक्ष्य रहेको छ । गत बर्ष ६४ लाखको कारोबार गरेको उल्लेख गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका जिल्ला सदस्य प्रेम कोइराला, देबदर्शन कृषि सहकारीका अध्यक्ष राजु खड्का लगायतले शुभकामना मन्तब्य राख्दै सहकारीको प्रगतीका लागि शुभकमना दिएका थिए । बस्नेतले आफुहरुले किसान र शब्जि ब्यापारी लक्षित रहेर धेरै काम गरिरहेको बताएका थिए ।