दमक/दमकका व्यावसायि राज केमिकल्सका संचालक राजेन्द्रकुमार ढकाललाइ मातृशोक परेको छ । झापा दमक ५ निवासी लक्ष्मी देबि ढकालको आज अपरान्ह निधन भएको जनाईएको छ ।

ढकालको ७६ वर्षको उमेरमा आफनै निजि निवासमा निधन भएको परिवारले जनाएको छ । स्वर्गीय ढकालका तिन छोराहरु नन्दकुमार, राजेन्द्रकुमार र योगेन्द्रकुमार ढकाल रहेका छन् भने छोरी सरास्वती रेग्मी र ज्वाई टेकेन्द्र रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ढकालको भोली विहान साढे १० बजे कन्काई माईमा अन्तिम दाहसंस्कार गरिने बताईएको छ ।