हरि अधिकारी

कपिलवस्तु । असोज ९ गतेदेखि सो¥ह श्राद्ध शुरु भएको छ । सोह्र श्राद्धमा प्रायः छोरा वा दाजुभार्इले पितृलाई तर्पण दिने चलन छ । तर यहाँ एक किशोरीले बुबाको श्राद्ध गरेकी छन् । वाणगंगा नगरपालिका ९ भलवाडकी २० वर्षीया पुजा खनालले बुबाको श्राद्ध गरेकी हुन् । श्राद्ध छोराले मात्र गर्नुपर्छ भन्ने मान्यतालाई अन्त्य गर्दै आफूले गरेको उनले बताइन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पुजा सिद्धार्थ क्याम्पस वाणगंगा बुङ्चीमा बिएड चौथो बर्षमा अध्ययन छिन् । ‘पितृकार्य तथा देवकार्य पुरुषहरुले मात्र गर्नुपर्छ भन्ने छैन, त्यो अन्धविश्वास हो’ उनले भनिन् ‘ जन्म दिने आमाबुबा छोराछोरी दुवैको लागि उत्तिकै महत्वपूर्ण हुन्छन्, बाबु आमाको लागि छोराले जेजे गर्न सक्छन् त्यो सबै छोरीले पनि गर्न सक्छन ।’

पुजा ६ दिदी वहिनी मध्येकी कान्छी हुन् । उनी ८ वर्षको हुँदा २०६३ सालमा बुबाको निधन भएको थियो । बुबाको निधन र दिदीहरुको विवाह भइसकेको हुनाले घरको जिम्मेवारी उनले समाल्दै आएकी छन् ।